यसरी
मिशन, कंहा हुन्छ !
खोला देखे, फर्कि हाल्ने .
पहाड देखे, तर्कि हाल्ने ..
दुख:पिए, सर्कि हाल्ने .
मान्छे भेटे, झर्कि हाल्ने .. (२)
यसरी
मिशन, कंहा हुन्छ ...प्रभुको हृदय कति रुन्छ ...खै,
तिम्रो मन कहिले खुल्छ ... खै तिम्रो हृदयलाई कहिले छुन्छ ...
प्रार्थना भन्यो, घोडै दुख्ने.
भेटि भन्यो, हातै लुक्ने ..
गहवी भन्यो, मुखै सुक्ने..
पुर्व भन्यो, पश्चिमै पुग्ने ..(२)
यसरी
मिशन, कंहा हुन्छ ...प्रभुको हृदय कति रुन्छ ...खै,
तिम्रो मन कहिले खुल्छ ... खै तिम्रो हृदयलाई कहिले छुन्छ ...
धनीलाई भेट्दा आफ्नों
नै जस्तो.
गरिवलाई भेट्दा, नचिन्ने कस्तो..
रोगीलाई छुदा, मोर्ला नै जस्तो .
कुरा सुन्दा (त केहि ), गर्ला नै जस्तो (२)
यसरी
मिशन, कंहा हुन्छ ...
प्रभुको हृदय कति रुन्छ ...
खै, तिम्रो मन कहिले खुल्छ ... खै तिम्रो हृदयलाई कहिले छुन्छ ...
प्रभुको हृदय कति रुन्छ ...
खै, तिम्रो मन कहिले खुल्छ ... खै तिम्रो हृदयलाई कहिले छुन्छ ...
प्रभुले
भन्नु भयो,
संसारमा ज्योति छर्दै , पृथीको नुन बन,
मुक्तिको गित गाउदै, सारंगीको धुन बन,
आत्मामा दिन बन्दै, हृदयको सुन बन,
जीवनको पानी दिदै, सितलताको जुन बन
No comments:
Post a Comment