२ इतिहास ७:१३-१४
“जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन, अथवा
देशलाई नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्छु, अथवा
मेरो प्रजामाथि विपत्ति पठाउँछु, 14यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले
आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म
स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र
तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।
२ इतिहास ७:१-१० मा
हेर्ने हो भने जब सोलोमन राजाले परमेश्वरको मन्दिर बनाएर उहाँमा समर्पण गरे त्यस पछि परमेश्वर सोलोमन कहाँ राती देखा पार्नु
भएको छ र परमेश्वरले सोलोमनलाई भन्नु भयो “मैले तेरो प्रार्थना सुने, र यो
स्थान (मन्दिर)मेरो निम्ती बलिदानको ठाउँ
चुने” भन्नुभयो(१२ पद).
लगत्तै परमेश्वरले
सोलोमनलाई भन्नु भएको छ, १३-१४ “जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन, अथवा
देशलाई नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्छु, अथवा
मेरो प्रजामाथि विपत्ति पठाउँछु, 14यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले
आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म
स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र
तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।
३ ओटा विचार गर्नु पर्ने प्रश्नहरु:
१. किन परमेश्वरले आकासको ढोका थुन्नुहुन्छ र पानि पर्दैन?
· भर्खरै Australia मा लामो खडेरी गयो. June 2019, देखि
सुरु भएको आगोलागी 186360.Square Kilometer (Nepal 147.181 Sq.KM) मा फैलियो,
·
9352 घरहरु जलेर
नष्ट भए,
· 1.25 Billon (10 अरब भन्दा बढि) भन्दा बढि जनावर र चराचुरुङ्गीको जलेर मृत्यु भयो (Source).कुनै मानिसले बनाएको स्रोत साधनले त्यसमा नियन्त्रण पाउन सकेन
र सबै मानिसहरुले पानी परोस भनेर दिन रात प्रार्थना थाले र हामीले पनि प्रार्थना गरेका थियौ. -सबैको प्रार्थनाको उत्तर सहित Jan 16, 2020 बाट ठुलो
पानी पर्न थाल्यो र त्यहाँ राहत मिल्यो )
२ किन देशलाई
नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिनुहुन्छ?
· भर्खरै केहि महिना अगाडी (2019Nov - 2020)पाकिस्थानले देशमा सलहको कारणले संकटकालको घोषणा गर्यो, पुर्बी पाकिस्थानमा ४० माइल ढाक्ने गरि आएको सलहले त्यस क्षेत्रको बालीनाली सबै ध्वस्त बनायो,
· हजारौ संख्यामा सलह साउदी अरबमा देखा पर्यो, भख्खररै अफ्रिकाको कति देशमा यसको महामारी देखिको थियो Feb 2020, Kenya, 40 miles wides. – UN पर्बेक्षण अनुसार त्यहाँ लगभग ३६० बिलियन किराहरु छन् र अनीहरुले एकदिनमा ३५,००० जनाको लागि खाना खाने गर्दछ. जसले गर्दा Ethiopia, Kenya and Somali जस्ता हेश्हरुमा अनिकालको जोखिम रहन सक्छ भनेको छ. Source
३. किन मेरो
प्रजामाथि विपत्ति पठाउँछु?
· भख्खरै Mid December 2019 मा चीनको हुन्वान प्रान्त
बाट शुरु भएको रुढी तथा महामारी रोग कोरोनाको कारणले, विश्व स्वस्थ संगठनले बिश्व
महामारीको घोषणा गरेको छ, जसमा आजको अहिलेको ताजा अपडेटअनुसार १०१६,१२८ लाख भन्दा बढि मानिसलाई यो रोग लागेको, ५३१४६
जना भन्दा बढिको मृत्यु भैसको रेकट छ. बिश्व भरिका मान्छेहरु आइरहेको मृत्युलाई निरिह
बनेर हेरिरहेका छन्. संसारका मै हुँ भन्ने, बिज्ञान तथाआधुनिक मेडिकलहरु को प्रयास अहिले सम्म खेर गैरहेको छ.
· आखिर किन यस्तो भैरहेको छ त? किन.... ??? भन्ने प्रश्न आज धेरैको मनमा
छ. यी सबै प्रश्नको उत्तरको लागि पद १४लाई हेरौ (यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई
नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब
म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र
तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।)

यस पदले भन्छ हामीहरुको घमण्डको कारणले, हामीहरुको दुष्ट चालको
कारण - जसले हामीलाई परमेश्वरको नजरमा पापी बनाएको छ. हामी निको हुनको लागि, हाम्रो पाप क्षमा हुनुपर्छ र पाप
क्षमा पाउनको लागि: आफैलाई नम्र पारेर (घमण्डलाई त्यागेर) प्रार्थना गर्नुपर्छ. परमेश्वरको खोजि गर्नुपर्छ,-(यो भनेको ससारको दुष्टतालाई छोडेर परमेश्वर तिर फर्कने
हो). उहाँको शरणमा जाने, उहाँलाई मात्र आफ्नो बासस्थान बनाउने, त्यस पछि परमेश्वरले हामीलाई सुन्नुहेनेछ र हामिलाई निको तुल्याउनु हुनेछ साथै हाम्रो देशलाई स्वस्थ बनाउनुहेनेछ. (प्रस्थान १५:२६). र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा
ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”
- अन्तमा
– प्रिय प्रभुका जनहरु, हाम्रो पवित्र बाइबल अनुसार यो महामारीको अवस्थाबाट पनि हामीलाई बचाऊन सक्ने र सुरक्षित बाटो देखाउन सक्ने एक
मात्र परमेश्वर येशु ख्रीष्ट हुनुहुन्छ,
हामी उहाँ तिर फर्कौ, उहाँको खोजी गरौ, स्वस्थ रहन/हुनको लागि प्रार्थना गरौ र
उहाँले भनेको सबै कुरा पालना गरौ. किनकी उहाँ निको पर्ने परमेश्वर हुनुहुन्छ.
मिति ३ अप्रिल २०२० प्रार्थना झुण्ड – हितैसीहातहरु
No comments:
Post a Comment