मेरो पनि एउटा घर भको भए ... शिर ढाक्ने छाना हुन्थ्यो होला..
चैतको
घामले पोल्दा, बर्खाको पानीले रुझ्दा,
झरेको
आसु अनि भिजेको लुगा तर्काउने ठाउँ नपाउदा....
मेरो पनि एउटा घर भको भए ... शिर ढाक्ने छाना हुन्थ्यो
होला.
गौथलिले गुँड लाउथ्यो होला... बाल बच्चाले सुत्ने ठाउँ
पाउथ्यो होला...
हातमा
किताब बोकेर, स्कुलको चौरमा खेलेर
यो
मेरो ठगीएको जीवन, कति प्यारो लाग्थो होला..
मेरो पनि एउटा घर भको भए ... शिर
ढाक्ने छाना हुन्थ्यो होला..
गौथलिले गुँड लाउथ्यो
होला... बाल बच्चाले सुत्ने ठाउँ पाउथ्यो होला
कुनै ईश्वर आएर सोधे भने .. मेरो त घरै
छैन भन्थे होला...
मेरो पनि एउटा घर भको भए ... शिर ढाक्ने छाना हुन्थ्यो
होला..
प्रभुमा -नारायण खड्का |
No comments:
Post a Comment