२०७० भाद्र २५
प्रभु येशु ख्रिस्टले आफै रित्तिनु भई नयाँ जीवन दिनु भयो
ताकी यो पाएको नयाँ जीवन, जीवन्त, फलवन्त, आशिसित, प्रेमिलो दयालु साथै आदर्शले नयाँ उचाई
कायम गर्न सकोस र प्रभुको महिमा हुन् सकोस | तर
बिडम्बना नयाँ जीवन पाएका प्रभुका जनहरु कन्जुस भएका छन् | आफुले पाएको यो नयाँ जीवन उनीहरु बाड्न चाहन्नन् कसैलाई त भन्न सम्म पनि
चाहदैन्, प्रेम र दया भन्ने कुरा पनि वाइवलमा छ र ? भन्न पनि पछी पर्दैनन् |
बाइबलको पाना पल्टाएर ट
हेर्नुहोस ३३३ पदले प्रेमको कुरा गरेको छ र ९२२ पदले दिने कुरा गरेको छ | (KIV Version)
आज परमेश्वरले दिनुभएको
त्यो नयाँ घरमा तंपाई कसैलाई स्वागत गर्न चाहनुहुन्न, गरिव
मानिसले तंपाईको घरमा टेक्दा तपाइको घरमा धुलो झर्छ, तपाइको
सोफामा बस्दा तपाईको सोफा गनाउछ.... फेरी पनि तपाई
एउटा असल ख्रिष्टियन ...
बैकमा तपाइको पैसा फिक्स
डिपोजिटमा, सेभिंग खातामा, तपाईका
छोराछोरी पाँचतारे अन्तराष्ट्रिय बोडिंग स्कुलहरुमा छानिछानि, तपाइको कुकुरलाई हरेक दिन चिकेन र मटन. तर तपाईका आफ्नै दाजुभाई र छिमेकी
५ रुपैयाको सिटामोल किन्न नसकेर टाउकोमा पदुका कसेर हिडेका छन् , डालोमा सामल नभएर, स्टोभमा मट्टितेल नभएर २
रुपैयाको कलमको सुइरो फेर्न नसकेर. ५ रुपैयाको कापी किनिदिन नसकेर टाउको समात्दै, आँखा बहरी आँसु पर्दै घोडा टेकी टेकी प्रभु मेरो खाँचो पुराइदिनुस
भनिरहेका छन्,
...फेरी पनि तपाई एउटा
असल ख्रिष्टियन ...
तपाई संग पाखुरामा बल छ, तेज
दिमाख छ, परमेश्वरले विभिन्न बरदानले भरिदिनु भएको छ, उच्च शिक्षाको डिग्री तपाई संग छ, रुप-रंग र
जवानी छ, जीवनमा आट र विश्वास छ, तर तपाईका आफ्नै दाजुभाइ र छिमेकिहरु एक जर्किन पानी बोक्न नसकेर १ लिटरको
बोतलमा सकी नसकी पानी बोकिरकेका छन् | चोर फटाहा
जालीको पासोमा परिरहेका छन् | जीवन देखी हरेस खाएर
परमेश्वरलाइ बिर्सिरहेका छन्, प्रभुको बचन सुन्न नपाएर
नष्ट भइरहेका छन्, रुप रङ्ग र जातको कारणले नै समाजले
उनीहरुलाई पाखा लगाई रहेका छन्, आँट र विश्वाशको कमिको
कारणले, विश्वासको गवाही दिन गएको व्यक्ति तगारा बाटै
फिर्ता भएका छन् |
...फेरी पनि तपाई एउटा
असल ख्रिष्टियन ...
परमेश्वरले तपाइलाई गाडी
मोटर दिनु भयो, शनिवार मण्डलीमा तपाईमात्र सरर ... तर अरु सबै गाडीको सिट खाली ...तर
तपाइको नै दाजुभाई अनन्त जीवनमा पुग्ने बाटो थाहा नपाएर अल्मलिरहेका छन् | तपाइँ मोटर साईकलमा सरर मण्डलीमा, तपाइँ बलियो
बाङ्गो फटाफट मण्डलीमा तर तपाँईको आफ्नै घरपरिवारका बुढा बूढी, वाल, वालिका अशक्त व्यक्तिहरु भित्ताको सहारामा
मण्डली पुग्ने र संगति गर्ने धोकोमा हिडिरहेका छन् | फेरी पनि तपाई एउटा असल ख्रिष्टियन ...
तपाइँ एउटा असल ख्रिष्टियन होइन, ख्रिस्टयनको नाममा एउटा बदनाम हो, एउटा कलंक हो, ख्रिस्टयन परिवारमा श्राप हो, ख्रिस्टको उपह्रास हो |
परमेश्वरले तपाईलाई घर
दिनुभयो त्यसमा नंया व्यक्तिलाई स्वागत गर्नको निम्ति, परदेशीलाई
बिश्राम दिनको निम्ति, दिन दुखीको जीवनमा आशा उमार्नको
निम्ति, परमेश्वरको प्रेम बाड्नको निम्ति, तथा उहाँको सु-समाचार सुनाउनको निम्ति उहाँले तपाईलाई घर दिनु भएको
हो |
परमेश्वरले तपाइलाई
प्रसस्त धन सम्पति दिनुभयो, बैकमा लगेर थुपार्नको लागि मात्र होइन, यो त
भोका हरुको लागि भोजन दिनको लागि, नांगाहरुको लागि कपडा
दिनको निम्ति, नांगा आकासमुनि बसिरहेकाहरुका लागि वास
दिनको निम्ति, थिचोमिचोमा परेकाहरुलाई छुटकारा दिनको
निम्ति, दीनदुखी, गरिव, टुहुरा, बिधुवा, असाहय, रोगि बिमारीहरुलाई सहयोग गर्नको निम्ति, निराशामा
जीवन बितिरहेकाहरुलाइ आशा दिनको निम्ति, झरेको आँसु
पुछ्नको निम्ति, अन्धाकारमा जीवन बितिरहेकाहरुलाई
ज्योतिमा लेराउनको निम्ति, परमेश्वरले दिनु भएको धन
सम्पति ज्ञान बुिद्ध, बल ताकत, मान सम्मान यस्ता यावत थोक तपाईलाई त्यी कुराहरुमा पनि प्रयोग गर्न
दिनु भएको हो |
परमेश्वरले तपाईलाई मोटर
गाडी तथा विभिन्न सवारीसाधन दिनुभयो तपाइको सुख र सयलको लागि मात्र होइन, त्यो
खाली सिटमा हरेक एक नयाँ व्यक्तिलाई परमेश्वरको भवनमा ल्याउनको निम्ति हो, संसारमा हराइरहेका मनिसहरुलाई एउटा गन्तब्य दिनको निम्ति हो | परमेश्वरले दिनुभएको त्यो बल तागत, उठ्न
नसकेकाहरुकोनिम्ति लौरो बन्नको निम्ति हो, परमेश्वरले
दिनुभएको त्यो शिक्षा र ज्ञान बुिद्ध अन्धाकारले ढाकेकाहरुलाई ज्योति
देखैदिनु हो, जीवन र मृत्युको परिभाषा बताईदिनु हो |
त्यसपछि मात्र तपाई एक असल
ख्रिस्टयन बन्न सक्नु हुन्छ, कन्जुसाईले छोडी भागेको, ख्रिस्टको प्रेमले अंगालेको जीवनको मुकुटको लागि अगाडी बढेको एउटा सच्चा
ख्रिस्ट भक्त असल ख्रिष्टियन ...
No comments:
Post a Comment