! ! expr:class='"loading" + data:blog.mobileClass'>

Sunday, April 5, 2020

चिन्ता गर्न छोड्नुहोस र सचेत रहनुहोस.

१ पत्रुस ५: ७-१०
चिन्ता गर्न छोड्नुहोस र सचेत रहनुहोस.  

एक जना ख्रिष्टियन लेखक जोन म्यासोनले लेखेका थिए, जबसम्म मैले सबै कुरा बुझिन,  म एक ख्रिष्टियन भएर पनि शान्ती महशुस गर्न सक्दिन थिए, म चिन्तित, बैचेन र सधैभरी असन्तुष्टि भैरहन्थे... एउटा लागु पदार्थको खाँचो परेको एक दुर्ब्यसानी जस्तो. मेरो समस्याको गम्भिरता त्यस्तै त थिएन अथवा म लागु पदार्थको दुर्ब्यसानी त् थिएन तर मेरो लक्षणहरु चाँही त्यस्तै थिए. म एक ख्रिष्टियन थिए र बिश्वासमा हिड्थे. “उद्दारको लागि मात्र मैले येशुमा भरोषा गर्थे तर त्यसभन्दा बाहेकका सबै थोकको लागि मैले आफैलाई भरोषा गर्दथे.”
के आज तपाइँ पनि त्यसरी नै जीरहनु भएको छ?
एक जना अर्को ख्रिष्टियन लेखक विलियम वार्डले भनेका छन्, चिन्ताले  नकारात्मक कुरामा बिश्वास गर्दछ, यसले अप्रिय कुरामा भरोषा गर्दछ, विपदको निश्चयता ठान्दछ र हारमा बिश्वास गर्दछ. यो नकरात्मक कुरालाई आकर्षण गर्ने चुम्बक नै हो. तर बिश्वास चाँही त्यो भन्दा शक्तिशाली बल हो, जसले सकारात्मक परिस्थितिहरुको सृजना गर्दछ.
चिन्ता गर्नु भनेको आजको समय खेर फाल्नु हो भने भोलिको अवसरहरुलाई हिजोका समस्या संग मिलाउनु हो. (हुदैन होला, हिजो जस्तै हुन्छ होला, धोका पाइन्छ, असफल भैइन्छ, दुर्घटना हुन्छ, झगडा पर्छ, म फेरी फेल हुन्छु, फेरी रोग लाग्छ, फेरी घटी कमि आइपर्छ, म हिजो जस्तो आज पनि त्यस्तै हो र भोलो पनि केहि हुने वाला छैन मेरो जीवनमा यस्ता यवाद थोकहरु). यस्ता चिंताहरुले चाँही भोलिको अवसरलाई बिगरिदिन्छ.
एकचोटी एक जना बृद्ध मानिसलाई तपाइको जीवनको आनन्द प्राय कस्तो कुराले चोर्ने गर्थ्यो भनेर सोधिएको प्रश्नमा उनले उत्तर यस्तो थियो,  कि जुन उनको जीवनमा कहिले हुनै आएन.
तपाइँ पनि बितेका बर्षहरुमा गरेको चिन्ताहरु  सम्झनुहोस त? पक्कै पनि तपाइले त्यसमा आफ्नो धेरै, प्रसस्त शक्ति सामर्थ्य खर्च गर्नु भयो होला होइन ? खुशीको कुरा तपाइँ चिन्तित हुनुभएको प्राय कुराहरु तपाइँको जीवनमा घट्दै घटेन होला होइन ? प्राय कुराहरु असल नै भए हो कि होइन ?

एउटा रिसर्चले बताएको छ, हामीले चिन्ता गर्ने लगभग ९९% कुराहरु जीवनमा कहिले पनि घट्दैनन| के तपाईलाई थाह छ, सातवोटा चोकलाई एकसय फिट गहिरो गर्ने गरि ढाक्ने तुवाँलो एक गिलासभन्दा कम पानीबाट बनेको हुन्छ?  हो मात्र एक गिलास पानी. यसले सम्पूर्ण दृश्यलाई छेकी दिन्छ. परमेश्वरको बचनले भन्दछ  मानिसको जीवन उसको आफ्नै होइन. मानिसले आफ्नो जीवन को आफैले निर्देशन दिनु हुदैन – यर्मिया १०:२३).


-त्यसैले आउने सबै सम्भाव्य परिणामलाई तपाई आफै नियन्त्रण गर्न नखोज्नुहोस, तर जागा रहनुहोस प्रार्थना गर्नुहोस, साबै चिन्ता फिक्री उहाँलाई सुम्पिदिनुहोस् परमेश्वरको बचनमा रहेर त्यसको बिरोध गर्नुहोस, परमेश्वरले तपाइँको वास्था गर्नु हुन्छ भन्ने बिश्वास गर्नुहोस र फेरी तपाइँको जीवन नयाँ शक्तिशाली र विजयको जीवन हुन्छ भन्ने पूर्ण बिश्वासको साथ आनन्द र शान्तीको जीवन जिउनु होस्. किनकी उहाँले यहि प्रतिज्ञा गर्नु भएको छ. (१० पद) 

फिलिपि ४:४- ७
प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ। कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ

(१ पत्रुस ५: ७-१०
7तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।
8सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ। 9 विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ।
10सबै अनुग्रहका परमेश्‍वरले ख्रीष्‍टमा आफ्‍नो अनन्‍त महिमाको निम्‍ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्‍थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।

#आजको बचन, #उदेश्य प्ररित जीवन #Bible.com
)Read More ...

Friday, April 3, 2020

निको हुनलाई परमेश्वर तिर फर्कुम र प्रार्थना गरौ

२ इतिहास ७:१३-१४

जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु14यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु। 
   २ इतिहास ७:१-१० मा  हेर्ने हो भने   जब सोलोमन राजाले परमेश्वरको मन्दिर बनाएर उहाँमा समर्पण गरे त्यस  पछि परमेश्वर सोलोमन कहाँ राती देखा पार्नु भएको छ र परमेश्वरले सोलोमनलाई भन्नु भयो “मैले तेरो प्रार्थना सुने, र यो स्थान  (मन्दिर)मेरो निम्ती बलिदानको ठाउँ चुने” भन्नुभयो(१२ पद).
  लगत्तै परमेश्वरले सोलोमनलाई भन्नु भएको छ, १३-१४ जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु14यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु। 

३ ओटा  विचार गर्नु पर्ने प्रश्नहरु:

 १. किन परमेश्वरले आकासको ढोका थुन्नुहुन्छ र पानि पर्दैन?


· भर्खरै Australia मा लामो खडेरी गयो. June 2019, देखि सुरु भएको आगोलागी 186360.Square Kilometer (Nepal 147.181 Sq.KM) मा फैलियो,
·       9352 घरहरु जलेर नष्ट भए,
·       ३४ जना मान्छे आगोले जल्यो र मर्यो (Source)
·  1.25 Billon (10 अरब भन्दा बढि) भन्दा बढि जनावर र चराचुरुङ्गीको जलेर मृत्यु भयो (Source).कुनै मानिसले बनाएको स्रोत साधनले त्यसमा नियन्त्रण पाउन सकेन र सबै  मानिसहरुले पानी परोस भनेर दिन रात  प्रार्थना थाले  र हामीले पनि प्रार्थना गरेका थियौ. -सबैको प्रार्थनाको उत्तर सहित Jan 16, 2020 बाट ठुलो पानी  पर्न थाल्यो र त्यहाँ राहत मिल्यो )

   किन देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिनुहुन्छ?


·    भर्खरै केहि महिना अगाडी (2019Nov - 2020)पाकिस्थानले देशमा सलहको कारणले संकटकालको घोषणा गर्यो, पुर्बी पाकिस्थानमा ४० माइल ढाक्ने गरि आएको सलहले त्यस क्षेत्रको बालीनाली सबै ध्वस्त बनायो,
·   हजारौ संख्यामा सलह साउदी अरबमा देखा पर्यो, भख्खररै अफ्रिकाको कति देशमा यसको महामारी देखिको थियो Feb 2020, Kenya, 40 miles wides. – UN पर्बेक्षण अनुसार त्यहाँ लगभग ३६० बिलियन किराहरु छन् र अनीहरुले एकदिनमा ३५,००० जनाको लागि खाना खाने गर्दछ. जसले गर्दा Ethiopia, Kenya and Somali जस्ता हेश्हरुमा अनिकालको जोखिम रहन सक्छ भनेको छ. Source

३.    किन मेरो प्रजामाथि विपत्ति पठाउँछु? 
·    भख्खरै  Mid December 2019 मा चीनको हुन्वान प्रान्त बाट शुरु भएको रुढी तथा महामारी रोग कोरोनाको कारणले, विश्व स्वस्थ संगठनले बिश्व महामारीको घोषणा गरेको छ, जसमा आजको अहिलेको ताजा अपडेटअनुसार १०१६,१२८  लाख भन्दा बढि मानिसलाई यो रोग लागेको, ५३१४६ जना भन्दा बढिको मृत्यु भैसको रेकट छ. बिश्व भरिका मान्छेहरु आइरहेको मृत्युलाई निरिह बनेर हेरिरहेका छन्. संसारका मै हुँ भन्ने, बिज्ञान तथाआधुनिक  मेडिकलहरु को प्रयास अहिले सम्म खेर गैरहेको छ.
·   आखिर किन यस्तो भैरहेको  छ त? किन.... ??? भन्ने प्रश्न आज धेरैको मनमा छ. यी सबै प्रश्नको  उत्तरको लागि   पद १४लाई हेरौ (यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु।)


 यस पदले भन्छ हामीहरुको घमण्डको कारणले, हामीहरुको दुष्ट चालको कारण - जसले हामीलाई परमेश्वरको नजरमा पापी बनाएको छ.   हामी निको हुनको लागि, हाम्रो पाप क्षमा हुनुपर्छ र पाप क्षमा पाउनको लागि:  आफैलाई नम्र पारेर (घमण्डलाई त्यागेर) प्रार्थना गर्नुपर्छ. परमेश्वरको खोजि गर्नुपर्छ,-(यो भनेको ससारको दुष्टतालाई छोडेर परमेश्वर तिर फर्कने हो). उहाँको शरणमा जाने, उहाँलाई मात्र आफ्नो बासस्थान बनाउने, त्यस पछि परमेश्वरले हामीलाई सुन्नुहेनेछ र  हामिलाई निको तुल्याउनु हुनेछ  साथै हाम्रो देशलाई स्वस्थ बनाउनुहेनेछ. (प्रस्थान १५:२६). र उहाँले भन्‍नुभयो, “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका कुरा ध्‍यानसित सुन्‍यौ, उहाँको दृष्‍टिमा जे ठीक छ सो गर्‍यौ, र उहाँका आज्ञाहरूमा ध्‍यान लगायौ, र उहाँका सबै विधिहरू मान्‍यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, तीमध्‍ये एउटै पनि तिमीहरूमाथि ल्‍याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।

-    अन्तमा – प्रिय प्रभुका जनहरु, हाम्रो पवित्र बाइबल अनुसार यो महामारीको अवस्थाबाट पनि हामीलाई बचाऊन सक्ने र सुरक्षित बाटो देखाउन सक्ने एक मात्र परमेश्वर येशु ख्रीष्ट हुनुहुन्छ, हामी उहाँ तिर फर्कौ, उहाँको खोजी गरौ, स्वस्थ रहन/हुनको लागि प्रार्थना गरौ र उहाँले भनेको सबै कुरा पालना गरौ. किनकी उहाँ निको पर्ने परमेश्वर हुनुहुन्छ. 

 मिति ३ अप्रिल २०२०  प्रार्थना झुण्ड – हितैसीहातहरु