! ! expr:class='"loading" + data:blog.mobileClass'>

Thursday, February 9, 2017

मेरा कानले तपाइको बारेमा सुनेका मात्र थिए - The Goodness of God


जव मेरा कानले तपाईलाई सुनेका थिए,
              मेरा आँखाहरु  खुसीले भरिएर पोखि-रहेका थिए   (२)|
जव मेरा आँखाले तपाईलाई खोजेका थिए,
               मेरो जीवनमा नयाँ आशा लहाराई-रहेका थिए (२) |
जव मैले मेरो प्रभु भनेर तपाईलाई  चुनेको थिए,
             मेरो हृदय पहिलो प्रेमले भरि-रहेका थिए  (२) |
जव मैले पानीको डुबुल्कीमातपाईलाई रोजेको थिए,
            मेरो अन्तस्करणमा अनन्त जीवनको  स्पर्शले चुमि-रहेका थिए  (२)|
जव मैले मेरो कमजोरीको घुम्टो उघारी तपाईलाई पुकारेको थिए,
          मेरो संसार तपाईको महानतामा कुर्लि-रहेका  थिए  (२) |
जव मैले मेरो मरुभूमिको यात्रामातपाईलाई हेरेको थिए

        मेरो सुख्खा जमिन भिजाँउदै मुहानको पानी उर्लि-रहेका थिए (२)|




***हे अचम्मका धन्य परमेश्वर, तर, आज धेरै बर्ष पछि म आफ्नै आँखाले तपाइँलाई देख्दछु***

कति धन्य मेरा यी हृदयका आकांक्षाहरु,
   आज म आफ्नै आँखाले तपाईलाई देख्दछु, (२)|
कति धन्य मेरा यी हातका औलाहरु,
   आज म आफ्नै हातले देखेको कुरा लेख्दछु, (२)|
कति धन्य मेरा जिब्रोका आवाजहरु,
   आज म आफ्नै मुखले लेखेको (लेखिएको) कुरा   बोल्दछु, (२)|
कति धन्य मेरा जीवनका पलहरु,
   आज म मेरा हरेक दुख सुखको खेलतपाई संग-संगै  खेल्दछु | (२)|
कति धन्य मेरा भविष्यका आशाहरु,

   भोलिका हरेक दिन र पल म तपाइँ संग -संगै रहने छु | (२)|

प्रभुमा -नारायण खड्का 

अय्युब ४२:५ द्वारा उत्प्रेरित भइ लेखिएको मेरो कबिता !
परमेश्वरले तपाइँलाई यस कबिताद्वारा धेरै आशिर्वाद दिनुभएको होस् !२७ माघ २०७३ 
अय्युब ४२:५
मेरा कानहरूले तपाईंका बारेमा सुनेका मात्र थिए, तर अब त म तपाईंलाई आफ्‍नै आँखाले देख्‍दछु।







1 comment: