कहाँ थियौ तिमी
कुन बाटो थियो तिम्रो …२
मुक्तिलाई चुम्ने कहीले नसुक्ने,
कुन पानी थियो तिम्रो … २
खोलामा खोजिन---कि
नदीमा डुबिन …2
प्लेनमा उडिन---कि
रेलमा गुडिन ….2
कहाँ थियौ तिमी
कुन बाटो थियो तिम्रो …२
मुक्तिलाई चुम्ने कहीले नसुक्ने,
कुन पानी थियो तिम्रो … २
मठ मन्दिरमा धाइन---की
देवी देवता भाकिन …2
धामी झांक्री देखाइन---की
कुखुरा बोका चडाइन ….2
कहाँ थियौ तिमी
कुन बाटो थियो तिम्रो …२
मुक्तिलाई चुम्ने कहीले नसुक्ने,
कुन पानी थियो तिम्रो … २
गौ मुत्रले धोइन---की
सुन पानीले चोख्खिन खोजिन ….2
गाँजा खयर लट्ठिन---की
जाँड रक्सीले मत्तिन ….2
कहाँ थियौ तिमी
कुन बाटो थियो तिम्रो …२
मुक्तिलाई चुम्ने कहीले नसुक्ने,
कुन पानी थियो तिम्रो … २
आंसुले रुझिन---की
पीडालाई बुझिन …2
झुपडिमा बसिन---की
दु:ख सँग खेलिन …2
कहाँ थियौ तिमी
कुन बाटो थियो तिम्रो …२
मुक्तिलाई चुम्ने कहीले नसुक्ने,
कुन पानी थियो तिम्रो … २
आफन्त ले छोडेन---की
दुनियाँले टाउको मेरो फोडेन …..2
सम्बन्धहरू तिडियन---की
सडक संग नाता जोडिएन ….2
कहाँ थियौ तिमी
कुन बाटो थियो तिम्रो …२
मुक्तिलाई चुम्ने कहीले नसुक्ने,
कुन पानी थियो तिम्रो … २
वास्तवमा उहाँ सहि ठाउँमा मलाई नै कुरेर बसिरहनु भयको रहेछ, मेरा परमेश्वर मेरो येशु ख्रिष्ट ..
जीवनमा एउटा आस होस्
!
पबित्रात्माको वास
होस्!
प्रभु येशु ख्रिस्टको
राज होस् !
परमेश्वर पिताको साथ
होस !
तपाईको जीवन फलोस
फुलोस र सबै असल थोकले भरिपूर्ण होस् !!! (२)
No comments:
Post a Comment