बाइबल अन्य सबै पुस्तकहरू बीच एक अद्वितीय र सबै भन्दा फरक छ" र बाइबल एक मात्र पुस्तक हो जसले निरन्तरता र अद्भुत प्रकार ले मानव जीवनमा ठूलो प्रभाव पारेको छ।
बाइबल विषय केही जानकारी:
१. लगभग १५ सय अवधिमा लेखिएको।
२. राजाहरू, सैन्य नेताहरू, किसानहरू, दार्शनिकहरू, मछुवाहरू, कर उठाउने, कविहरू, संगीतकारहरू, राज्यकारहरू, विद्वानहरू, र गोठालाहरू सहित जीवनको हरेक क्षेत्रबाट चालीस भन्दा बढी लेखकहरूद्वारा लिखित जसमा निरन्तरतामा अद्वितीय छ।
उदाहरणका लागि:
मोशा: एक राजनीतिक नेता र न्यायाधीश, मिस्रको विश्वविद्यालय मा प्रशिक्षित थिए।
दाउद: एक राजा, कवि, संगीतकार, गोठालो, र योद्धा थिए।
आमोस: एक गोठाला;
यहोशू: एक सैन्य जनरल;
नहेम्याह: एक मूर्तिपूजक राजाको लागि प्याला बोक्ने।
दानियल: एक प्रधानमन्त्री,
सोलोमन: एक राजा र दार्शनिक;
लूका: एक चिकित्सक र इतिहासकार;
पत्रुस: माछा मार्ने;
पावल: एक रब्बी;
मर्कूस: पत्रुस को सचिव
मत्ती: एक कर उठाउने;
३. विभिन्न ठाउँहरूमा लेखिएको थियो;
मोशाद्वारा उजाडस्थानमा,
यर्मियाले कालकोठरीमा,
दानियलले पहाडमा र दरबारमा,
पावल ले जेलको पर्खाल भित्र,
लुकाले यात्रा गर्दा,
यूहन्नाले पटमोस टापुमा निर्वासनमा हुँदा।
४. विभिन्न समयमा लेखिएको:
दाऊदले युद्ध र बलिदानको समयमा।
सोलोमनले शान्तिको र समृद्धि को समयमा।
५. बिभिन्न परिस्थितिमा लेखिएको:
केही लेखहरू आनन्दको उचाइबाट लेखिएको थियो भने कसैले दुःख र निराशाको गहिराइबाट लेखिएका थिए।
केही निश्चितता र विश्वासको समयमा; भने केही अन्योलका दिनहरू र शंकाको दिनहरू मा
६. तीन महादेशहरूबाट लेखिएको थियो।
एशिया
अफ्रिका
युरोप
७. तीन भाषामा लेखिएको थियो।
हिब्रू,
अरामिक
युनानी (ग्रीक)
८. विस्तृत सहित विभिन्न साहित्यिक शैलीहरूमा लेखिएको छ।
कविता,
ऐतिहासिक कथा,
गीत,
रोमान्स,
उपदेशात्मक ग्रंथ,
व्यक्तिगत पत्राचार
संस्मरण,
व्यंग्य,
जीवनी,
आत्मकथा,
कानुन,
भविष्यवाणी,
दृष्टान्त, र रूपक।
९. बाइबलले सयौं विवादास्पद विषयहरूलाई सम्बोधन गर्दछ, विषयहरू जुन उल्लिखित वा छलफल गर्दा विरोधी विचारहरू सिर्जना गर्दछ। तर बाइबलका लेखकहरूले सयौं बारम्बार सोध्ने विषयहरू (जस्तै, विवाह, सम्बन्धविच्छेद र पुनर्विवाह, समलैंगिकता, व्यभिचार, अख्तियारको आज्ञाकारिता, सत्य बोल्ने र झूट बोल्ने, चरित्र विकास, अभिभावकत्व, ईश्वरको प्रकृति र प्रकटीकरण) को उपचार वा सम्बोधन गर्दछ, र उत्पत्तिदेखि प्रकाशसम्म यसका लेखकहरूले विरोधी विचारहरूलाई सद्भावको अद्भुत मापन साथ सम्बोधन र हरेक मानव प्रश्नहरूको उत्तर प्रदान गरि आएको छ।
जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः १८ ओटा मुख्य परिवर्तन तल दिएको छ
गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !
बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !
आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !
कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !
कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !
आमा-बुबाको मूल्य बुझिन्छ !
ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !
सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !
प्रेम र काम बासनाको अन्तर बुझिन्छ !
स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !
यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !
जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !
जिबनमा शिक्षाको महत्व बुझिन्छ !
फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !
धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !
हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !
यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !
अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् !
के तपाइँ संग भएको अनगिन्ती प्रार्थनाको उत्तर खोजिरहनु भएको छ?
-यदि तपाई त्यो
व्यक्ति हो भने, यो बचन तपाइको निम्ती हो ।यदि तपाई त्यो
व्यक्ति हो भने, तपाइले एउटा साधारण कुरो गर्नु पर्ने हुन्छ, त्यो के हो भने “संसारका मानिसहरु भन्दा फरक व्यक्ति हुने प्रयास गर्ने".
बचनको
शिर्षक छ,
“संसारका भन्दा फरक हुने साहस गर्नुहोस” Holiness: Dare to
be Different-“संसारका भन्दा फरक
हुने साहस गर्नुहोस”
-किन साहस, आँट अथवा हिक्मत,
चाहियो? के यो निकै गार्हो छ र? के हो सिंहको खोरमा गएर सिंहको जुँगा ओखाल्ने जत्तिकै गार्हो छ र .. इत्यासी प्रश्न हुनसक्छ ? तर म भन्छु, हो त्यो भन्दा पनि गार्हो छ अथवा नदीको पानी उल्टो दिशामा निरन्तर बगिरहनु जति गर्यो छ, त्यति नै गार्हो संसारको भन्दा फरक जीवन
जिउन गार्हो छ।
कसरी हुने संसारका
भन्दा फरक? –
-पवित्रतामा
– एकै शब्दमा उत्तर छ अथवा (शुद्ध भएर, पवित्र जीवन जीएर, प्रभु येशु ख्रीष्टको
अनुकरण गरेर हामी संसारका भन्दा फरक हुन् सक्छौ, किनभने यो संसार अशुद्ध छ,
पापै-पापले भरिएको छ, धेरैले प्रभु येशुलाई चिनेका छैनन् र चिनेकाहरुले पनि उहाँको अनुकरण
गर्दैनन्.
त्यसैले हामी प्रभु
येशु ख्रीष्टको नाउँलाई ग्रहण गरेकाहरुले र चिनेकाहरुले हामी “पवित्रतामा” संसार
भन्दा फरक हुन्सक्छौ. किनभने पवित्रता परमेश्वरको मन्दिर हो भने दुष्टता/अपबित्रता
चाँही दियाबलासको घर हो.
ह्रिब्रु 12:14 सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न
गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्न
सक्दैन।
आज को पवित्र छ? के तपाइँ पवित्र हुनु हुन्छ? के म पवित्र छु ?
यो कुरा हामी आफैले आफैलाई सोध्ने प्रश्न हो. तर आज म तपाइहरुलाई पवित्रतामा जीवन
जीवनको लागि ३ ओटा महत्वोपूर्ण कुराहरुको बारेमा भन्ने छु जुन एकदम आवाश्यक छ:-
1. हामी शुद्ध हुनुपर्छ - We must be clean
एफिसी ४:२५-२७)यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो
छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू
हौं।26क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको
रीस मरोस्, 27र दियाबलसलाई मौका नदेओ।
अशुद्ध ब्याप्त छ किनभने विश्वासीहरुलाई परमेश्वरको बचन नै
थाह छैन. पवित्र जीवन भनेको सत्यतामा जिउनु हो . (यहुन्ना १७”१७ सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।). र सत्य चाँही परमेश्वरको बचन हो २ कोरिन्थी ७:१ 1यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र
आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं
२. हाम्रो जीवन पवित्र हुनुपर्छ We must be consecrated
शुद्धतामा आउनु भनेको अशुद्ध थोकबाट चोखिनु अथवा त्यसबाट
आफुलाई शुद्ध पार्नु भन्ने बुझिन्छ भने, पवित्र हुनु भन्नाले चाँही अशुद्ध
थोकहरुबाट अथवा अपवित्र थोकहरुबाट अलग हुनु भन्ने बुझिन्न्छ.
यो चाहिँ हाम्रो जीवन संग सम्बन्धित छ (१ पत्रुस १:१५) तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र
हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा
पवित्र होओ, 16किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।
यसको मतलब तपाई र मेरो जीवनका हरेक कुराहरुबाट परमेश्वर
खुशी हुनुपर्छ.
पवित्रीकरणले जागृति लिएर आउछ (2 Timothy 2:21). 21जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका
कामको लागि एउटा पात्र बन्नेछ,र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ।
3. हाम्रो जीवन येशु ख्रीष्ट जस्तै हुनुपर्छ We must be Christlike
अथवा, येशुलाई अनुकरण
गर्ने हुनुपर्छ. – ब्यबहारमा, बोलिबचनमा, आचरणमा, चरित्रमा. स्वाभाबमा, र
सम्बन्धमा येशु ख्रीष्टको अनुकरण गर्नु हुनुपर्छ.
एउटा गम्भीर प्रश्न? हामी भित्र के देखिन्छ? जब
म एक ऐनाको अगाडी गएर आफुलाई हेर्दा म भित्र के देख्छु? छिमेकि को आखाँले मलाई
हेर्दा म कस्तो देखिन्छु ? मेरो परिवारको नजरबाट मलाई हेर्दा म कस्तो देखिन्छु? ( म श्रीमतीको, श्रीमानको,
छोराको, छोरीको, आमाको, बुवाको, साथीभाईको आँखा बाट म कस्तो देख्छु ?
कहिले यो प्रश्न तपाइले आफुलाई सोध्नु भएको छ ? छैन भने एकछिन समय लिनुहोस् र यी प्रश्न घरि-घरि गर्नुहोस र उत्तर खोज्ने प्रयास गर्नुहोस.
अझ सबभन्दा महत्वपूर्ण कुरा त म परमेश्वरको आखाँमा कस्तो
देखिन्छु ? -भनेर सोध्नुहोस, हामीलाई थाह छ उहाँको आँखामा कुनै कुरा लुक्दैन. (त्यसैले हामीले येशु प्रभुको अनुकरण अथवा नक्कल
गर्नु पर्दछ).
खुशीको कुरा - हामीहरु मध्य कोहि कोहिले येशु ख्रीष्टको नक्कल
गरेका छौ :
यो हाम्रो नित्मी गर्बको कुरा हो, यस्ता व्यक्ति हरुलाई जब हामी देख्छौ, यसले हाम्रो
विश्वासलाई बढाउछ, दुख कष्टमा धैर्य धारणा गर्न सिकाउछ, शत्रुलाई क्षमा दिन र अझ
धेरै प्रेम गर्न सिकाउछ. जीवनका हेरक परिस्थितिमा धन्य्बादी भएर पार्थना गर्न
सिकाउछ.
म त भन्छु हामी कोहि-कोहि मात्र होइन, हामी सबै प्रभु येशु
ख्रीष्टको नक्कल गर्ने, उहाँको अनुकरण गर्ने र उहाँको स्वरुपमा वृद्धि हुदै जाने
व्यक्तिहरु बनौ. किनकी प्रभु येशु ख्रीष्ट यसैको निम्ती आउनुभयो.
Conclusion: अन्तमा
निष्कर्ष यहि हो
पवित्रता द्वारा जागृति आउदछ -Revival comes through
holiness. (पवित्रताले परमेश्वरलाई देखाउद र परमेश्वरको उपस्थितिले जीवनमा
जागृति लिएर आउछ , जागृतिले जीवन परिवर्तन गराउदछ र परिवर्तनले हरेक प्रश्नको
उत्तर लिएर आउदछ. (त्यसैले ... 1.हामी
शुद्ध हुनुपर्छ We
must be Clean. 2.हाम्रो
जीवन पवित्र हुनुपर्छ We
must be Consecrated. 3.हाम्रो
जीवन ख्रीष्टलाई नक्कल गर्ने हुनुपर्छ We must be Christlike.
यदि यी कुराहरु हाम्रो जीवनमा भए भने हामी संसारको
भन्दा भिन्दै हुनेछौ (अथवा परमेश्वरको हुनेछौ) – त्यसैले भिन्दै हुने साहस
गर्नुहोस - We
must dare to be different! बचनको भिडियो तल हेर्न सक्नुहुनेछ:
आउँनुहोस एउटा कथा हेरौ , यो कथा निकै लामो छ तर म यसलाई छोट्टाएर भन्ने
छु.
आज भन्दा धेरै सय बर्ष अगाडी (28 सय ) एउटा यदुदा भन्ने राज्य थियो, त्यसमा एकजना राजा थिए
जसको नाम यहोशापात थियो. उनको बाबुको नाम आसा थियो. उनि राजा हुदा ३५ बर्षका थिए,
उनले त्यो देशमा २५ बर्ष राज्य गरे. (१ राजाहरु २२:४१-५०). तिनले परमप्रभुको नाममा
जे असल थियो त्यही गरे,
तिनले डाँडाका थानहरु र अश्वरा
देविका मुर्तिहरु हटाइदिए. उनले यह्दाका सबै शहरहरुमा परमेश्वरको शिक्षा दिन
शिक्षकहरु नियुक्त गरे.
उनि परमप्रभुको मार्गमा हिड्दा गर्ब गर्थे. उनको वरिपरि भएका देशहरूमाथि परमप्रभुको भय फैलिएको थियो , र उनीहरू कसैले पनि यहोशापातको विरुद्धमा युद्ध गने आट गरेका थिएनन्. तर सबैले
उनीकहाँ उपहारहरु लिएर आउथे.
यहोशापात झन्-झन् शक्तिशाली हुदै भए। यहूदाका सहरहरूमा तिनले
प्रशस्त खानेकुरा सञ्चय गरेर यरूशलेममा तिनले आफ्ना निपूर्ण योद्धाहरू राखेका थिए।(२इतिहस १७).यहोशापात साह्रै धनी र
प्रसिद्ध भए,
तर उनले एकचोटी परमेश्वरको बिरुद्द मा गल्ति गरे
उनले आहाब राजा सित वैवाहिक सम्बन्ध
जोड़े।आहाब त्यस समयका इस्राएलका दुष्ट राजा थिए
जसले परमेश्वरको बिरुद्ध पाप गरेका थिए (..). यहोशापातले उनि संग सम्बन्धमात्र गासेनन तर
उनले रामोत-गिलाद राज्यसँग संग युद्द गर्नको लागि आहबलाई साथ दिए (२ ई १८).
परमप्रभु यहोशापात संग सिराउनु भयो, तैले गरेको गल्तिको परिणाम तल्ले भोक्ने
छस भन्नु भयो. किनभने यहोशापातले दुष्टलाई सहायता गरे र परमप्रभुका शत्रुहरूसँग मित्रता गासेका थिए.
तर यहोसापातले आफुलाई सुधारे, धरै मानिसहरुलाई परमप्रभुतिर फर्काएर लिएर आए.
यहुदाको हरेक शहरमा तिनले परमेश्वरको भय मान्ने न्यायकर्ता नियुक्त गरे,
परमेश्वरको ब्यबस्था अनुसार देशमा कर्मचारीहरु नियुक्त गरे र सबैलाई होसियार साथ
परमेश्वरको भयमा काम गर्ने उत्साह र आदेस
दिए.
यसको केही समयपछि यहोसापातले एउटा नराम्रो र डरलाग्दो समाचार
सुने, त्यो थियो, ३ ओटा राज्यबाट तिनको शत्रुहरु एकठाउमा भेला भएका छन् र “असख्य
सैनिक भएका, आधुनिक हातहतियारले सुसत्जित भएका, र निकै बलवान तिम्रो शत्रु तिम्रो
बिरुद्धमा लडाई गर्न आइरहेका छन् र तिनीहरु नजिकै आइपुगेका छन् (र तिनीहरु चाँही , मोआबी, अम्मोनी र सेरई पर्वतका/राज्यका सेनानीहरू थिए.)
यस्तो विपद्को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ
खोज्न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे।मानिसहरू परमेश्वरको
सल्लाह माग्नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उपरमेश्वरसित सल्लाह माग्न
आए।
सबै मानिसहरुको बिचमा, परमप्रभुको मन्दिरको चोकको अगि खड़ा
भएर यहोशापातले परमप्रभु
परमेश्वरलाई यसो भनेर पुकार गरे:
“हे
परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं नै स्वर्गमा विराजमान हुनुहुने परमेश्वर हुनुहुन्न? तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ। तपाईंकै हातमा शक्ति
र बल छन्। तपाईंको सामना गर्ने कोही छैन। 7हे हाम्रा
परमेश्वर, के तपाईंले नै.. आफ्नो मित्र अब्राहामका सन्तानलाई...
सदासर्वदाको निम्ति यो देश दिनुभएको होइन
र ? ति दिनमा हाम्रा पुर्खाहरुले, तपाईंका नाउँको निम्ति यसो भनेर एउटा वासस्थान
/मन्दिर बनाएका थिए .
‘यदि विपत्ति हामीमाथि आइलाग्यो
भने, अर्थात् न्यायको तरवार वा रूढ़ी वा अनिकाल पर्यो भने,
हामी यस मन्दिरको अगि जहाँ तपाईंको नाउँ छ, र
तपाईंको सामुन्ने खड़ा हुनेछौं। अनि हामी आफ्नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं,
र तपाईंले हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ’।
आज हामीलाई, तपाईंले अधिकार
गर्न दिनुभएको देश देखि उनीहरू, हामीलाई धपाउन आइरहेछन्।हे
हाम्रा परमेश्वर, उनीहरूको न्याय गर्नुहोस. किनभने हाम्रो
देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्य-दलको सामना गर्न ... हाम्रो केही शक्ति
छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी
आफ्ना आँखा तपाईंतिर उठाउँछौं।”
त्यसपछि सबै जना परमप्रभुको सामुन्ने खड़ा भए. अनि त्यहाँ अचम्म भयो, उनीहरुको प्रार्थनाले परमेश्वरबाट तत्काल अलौकित उत्तर
पाए, त्यहाँ उपस्थित एकजान लेबी यहासेलमाथि परमेश्वरको आत्मा आउनु भयो र
उनले शक्तिशाली अगमबाणी भने :
नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको
हातमा छ,
तिमीहरूका हातमा होइन।यो लड़ाइँ तिमीहरूले
लड्नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको गर्नुहुनेछ र
त्यो तिमीहरू देख्नेछौ।
नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ।
किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।”
जब यो अगमबाणी
उनुहरुले सुने, यहोशापात, यहूदा र यरूशलेमका सबै बासिन्दाहरू परमप्रभुको सामुन्ने
दण्डवत् गर्न घोप्टो परे।तब लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गरे।
यहोशापातभोलिपल्ट बिहान सबेरै उठेरपरमप्रभुको स्तुतिगानगाउदै सेनाहरुको साथमा लडाई गर्ने ठाउँतिर लागे. र उनीहरुको
प्रसंशाको आवाज अति चर्को संग गुन्जीरहेको थियो कि, त्यो परमेश्वरले सुन्नु भयो,
र परमप्रभुले यहूदासँग युद्ध गर्न आएका सबै अम्मोनी, मोआबी र सेइर पर्वतका
मानिसहरूलाई अलमल्याइदिनुभयो,तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्धाधुन्ध आक्रमण गर्न
लागे।र उनीहरू परास्त भए।
जब यहूदाका मानिसहरू उजाड़-स्थानको अल्गो ठाउँमा
आइपुगे र उनीहरुका शत्रुलाई हेरे, तब त्यहाँ
तिनीहरूका सबै शत्रुहरु भूइँमा मारिएर
लडिरहेको देखे, अनि उनीहरूमध्ये त्यहाँ एक जना
पनि उम्केको थिएन।
परमेश्वरले भन्नु भए झैँ, उनीहरुले युद्ध लड्नु परेन. परमेश्वरले जहाँ
भन्नु भएको थियो त्यहाँ नै सबै अम्मोनी, मोआबी र सेइर पर्वतका
मानिसहरू मारिएको भेट्टाए, (किनभने परमप्रभु यहोशापातर उनका मानिसहरुको
पक्षमा हुनुहुन्थ्यो र परमेश्वर आफैले युद्ध
लड्नु भएको थियो).
त्यसपछि यहोशापात र सबै उनका
मानिसहरु खुसि हुदै त्यहाँ भएका बहुमुल्य समानहरु बटुल्न थाले, त्यो सबै बतुल्लको
लागि उनीहरुलाई पुरा ३ दिन लाग्यो,
त्यसपछि राजा यहोशापातर सबै मानिसहरु बिणा, सितार र तुरही बजाएर चर्को स्वरमा परमेश्वरको प्रशंसा गर्दै
यरुशलेम फर्के. र उनीहरुका देशमा शान्ती छायो.
आज तपाइले सुन्नु भयको लामो सत्य
घटनाको यो छोटो कथाको अंश सिधिएको छ, यो घटना पवित्र बाइबलको १ राजा २२ र २ इतिहास
१७-२० अध्यायबाट लिएको हो).
हामीले यो कथा बाट राजा यहोशापातले युद्द जित्नको लागि प्रयोग गरिएको
४ ओटा आत्मिक हतियारको बारेमा जान्न सक्छौ.
ति हुन्: १. परमेश्वरको
अगुवाईको/सहायताको लागि उपबासको घोषणा गरे २. सहमतिमा एकैसाथ प्रार्थना गरे ३. पवित्र
आत्माका अलौकित बरदानहरुलाई स्थान थिए ४, पमेश्वरको सार्बजनिक उपासना र प्रशंसा गरे .
आदरणीय प्रभुका
जनहरु,
. भख्खरै
हामीले सुनेको कथा र अहिले बिश्वमा घटिरहेको घटनाको स्वरुप एकै नभए पनि,२ ओटा कुरा चाँही त्यहीछ त्यो हो, बिपत्ति र परमेश्वर – (राजा यहोसापातको
समयमा मानिसहरु माथि आएको बिपत्ति र अहिले आइरहेको बिपत्ति उस्तै छ र राजा
यहोसापातलाई विजय दिनुहुने परमेश्वर र आज हामीले प्रभु येशु ख्रीष्टको नाउमा आराधना
गर्ने परमेश्वर पनि त्यही हुनुहुन्छ – उहाँ जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो हुन
आउनुहुनेछ”.)
आदरणीय मण्डली
परिवार ,
“आज बिश्व
मानव जातिमा ठुलो विपत्ति आइपरेको छ. नदेखिने शत्रु कोराना भाइरस जसलाई नोभेल कोभिड
-१९ भनेर चिनिन्छ , ५ महिना अगि देखि नै हाम्रा मानिसहरुलाई आक्रमण गरिसकेको
छ. जसबाट २ लाख भन्दा बढि मानिस मारिएका
छन् भने ३० लाख भन्दा बढि मानिसलाइ यसले प्रहार गरेर घाइते बनाएको छ.
-हाम्रा बुद्धि बल, क्षमता, संसारिक खोजहरु र संसारका संरचनाहरु , सबै थोकहरू, यसको अगाडी कम परेको छन्. अब हामी संग एउतै मात्र उपाय बाँकि छ त्यो हो परमप्रभु
परमेश्वरको अगुवाई खोज्ने, उपबास र प्रार्थना गर्ने, उहाँको चरणमा जाने (जसरी राजा
यहोसपातले खोजे – जब उनीसंग भएका सैन्य ताकत र क्षमता भन्दा उनका शत्रु शक्तिशाली
देखे, उनले त्यो भन्दा पनि शक्तिशाली “सर्बशक्तिमान परमेश्वर” तिर आफ्नो आखाँ उठाए.
उपबास प्रार्थना र सहमतिमा एकैसाथ प्रार्थनाको गरे.) मण्डली परिवार... आज हाम्रोलागि उपबासप्रार्थना सहित पमेश्वरको चरणमा जानु र उहाँको
अगुवाई खोज्नु नै सबैभन्दा असल बिकल्प हो.
यहि कुरालाई गहिरो महसुस गरेर नवजीवन
मण्डलीले गत हप्ता नै उपबासको घोषणा गरेको छ, आउनुहोस हामी सबै जना एक साथ उपबास बसौ.
-साथसाथै नवजीवन मण्डलीले ७ ओटा प्रार्थना कोबिषय हरेक सगतिमा पठाएको छ, आउनुहोस हामीहरु सबैजना,
एकसाथ आ-आफ्नो ठाउँ बाट एउतै हृदय र आत्माको भएर प्रार्थना गर्यौ , (यो समयमा,
हामीहरु शरीरमा एकै ठाउँमा जम्मा हुन्
सक्ने स्थिति नभए पनि, हामीहरु सगं INTERNET को माध्यम बाट, बिभिन्न मिटिंग
एपहरु द्वारा जोडिएर प्रार्थना गर्ने सक्ने सुबिधाहरु छ, हामी त्यसको प्रयोग गरौ.
यदि त्यो पनि सम्भब छैन भने, हामी आ-आफ्नो
परिवार मिलेर घोडा टेकौ, परमेश्वरको अगुवाई खोजौ, उहाँको
शक्तिको बर्णन गरौ, बिगतमा उहाँले गर्नु भएको शक्तिशाली कार्यहरुको सम्झना गरौ, परमप्रभु
परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरुलाई दावी गरौ (७००० भन्दा बढि छन्) र हाम्रो
दुर्बलता र कमिकमजोरीहरुलाई स्वीकार गरौ. (जसरी राजा यहोसापत र उनका मानिसहरुले ले
स्वीकार गरे).
अन्तमा;
आदरणीय मण्डली
परिवार, हामी पनि “प्रभु येशु ख्रीष्टको नाउमा त्यहि परमेश्वरको आराधना गर्दछौ,
जुन परमेश्वरलाई राजा यहोसापात र उनका मानिसहरुले आराधना गरे . उहाँ एक
मात्र “सर्ब-सक्तिमान परमेश्वर हुनुहुन्छ –
जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन-आउनुहेनेछ” उहाँ हिजो, आज अनि सदा सर्बदा एक समानको परमेश्वर हुनुनुहुन्छ”.
मलाई बिश्वास
छ यदि हामी एउतै हृदय र सहमतिमा उपबास सहित एकसाथ प्रार्थना गर्यौ भने, उहाँको
अगुवाई खोजौ भने , उहाँले हामीलाई उत्तर दिनुहुनेछ. उहाँले हामीलाई मार्ग दर्शन
गर्नुहुनेछ,
उहाँका जनहरु ,
परमेश्वरको आत्माले भरिने छन् र शक्तिशाली अगमबाणी बोल्नेछन्, मानिसहरुले मार्ग
दर्शन पाउने छन्.
पमेश्वरले
आफ्ना मानिसहरुको खातिर र उहाँको सृष्टिको खातिर, गहिरा र गुप्तकुराहरुको रहस्य
खोलिदिनु हुनेछ. ज्ञान र बुध्दि दिनुहुनेछ. मानिसहरुले गर्नु पर्ने काम
बुदा-बुदामा बताइदिनु हेनछ. (जसरी परमेश्वरले राजा यहोसापात र उनका मानिसहरुलाई, त्यो
बिपत्ति बाट विजय पाउनको लागि तिनीहरुले गर्नु पर्ने कुराहरु बुदा-बुदा बताइदिनु भयो.)|
मण्डली परिवार,
यदि हामी आज्ञाकारी भयौ भने हाम्रो विजय
निश्चित छ, किन भने परमप्रभु ले ..नै लडाई लड्नु हुनेछ र उहाँ हाम्रो पक्षमा
हुनुहुन्छ. तपाइको पक्षमा हुनुहुन्छ, मेरो पक्षम हुनुहुन्छ - आमेन !
प्रार्थना र उपवासको बारेमा नवजीवन मण्डलीलाई परमेश्वरको बचन बाट बाडिएको बचन
एक जना ख्रिष्टियन
लेखक जोन म्यासोनले लेखेका थिए, जबसम्म मैले सबै कुरा बुझिन, म एक ख्रिष्टियन भएर पनि शान्ती महशुस गर्न
सक्दिन थिए, म चिन्तित, बैचेन र सधैभरी असन्तुष्टि भैरहन्थे... एउटा लागु पदार्थको
खाँचो परेको एक दुर्ब्यसानी जस्तो. मेरो समस्याको गम्भिरता त्यस्तै त थिएन अथवा म
लागु पदार्थको दुर्ब्यसानी त् थिएन तर मेरो लक्षणहरु चाँही त्यस्तै थिए. म एक
ख्रिष्टियन थिए र बिश्वासमा हिड्थे. “उद्दारको लागि मात्र मैले येशुमा भरोषा गर्थे
तर त्यसभन्दा बाहेकका सबै थोकको लागि मैले आफैलाई भरोषा गर्दथे.”
के आज तपाइँ पनि
त्यसरी नै जीरहनु भएको छ?
एक जना अर्को
ख्रिष्टियन लेखक विलियम वार्डले भनेका छन्, चिन्ताले नकारात्मक कुरामा बिश्वास गर्दछ, यसले अप्रिय
कुरामा भरोषा गर्दछ, विपदको निश्चयता ठान्दछ र हारमा बिश्वास गर्दछ. यो नकरात्मक
कुरालाई आकर्षण गर्ने चुम्बक नै हो. तर बिश्वास चाँही
त्यो भन्दा शक्तिशाली बल हो, जसले सकारात्मक परिस्थितिहरुको सृजना गर्दछ.
चिन्ता गर्नु भनेको
आजको समय खेर फाल्नु हो भने भोलिको अवसरहरुलाई हिजोका समस्या संग मिलाउनु हो.
(हुदैन होला, हिजो जस्तै हुन्छ
होला, धोका पाइन्छ, असफल भैइन्छ, दुर्घटना हुन्छ, झगडा पर्छ, म फेरी फेल हुन्छु,
फेरी रोग लाग्छ, फेरी घटी कमि आइपर्छ, म हिजो जस्तो आज पनि त्यस्तै हो र भोलो पनि
केहि हुने वाला छैन मेरो जीवनमा यस्ता यवाद थोकहरु). यस्ता चिंताहरुले चाँही
भोलिको अवसरलाई बिगरिदिन्छ.
एकचोटी एक जना बृद्ध
मानिसलाई तपाइको जीवनको आनन्द प्राय कस्तो कुराले चोर्ने गर्थ्यो भनेर सोधिएको
प्रश्नमा उनले उत्तर यस्तो थियो, कि जुन
उनको जीवनमा कहिले हुनै आएन.
तपाइँ पनि बितेका बर्षहरुमा
गरेको चिन्ताहरु सम्झनुहोस त? पक्कै पनि
तपाइले त्यसमा आफ्नो धेरै, प्रसस्त शक्ति सामर्थ्य खर्च गर्नु भयो होला होइन ?
खुशीको कुरा तपाइँ चिन्तित हुनुभएको प्राय कुराहरु तपाइँको जीवनमा घट्दै घटेन होला
होइन ? प्राय कुराहरु असल नै भए हो कि होइन ?
एउटा रिसर्चले बताएको
छ, हामीले चिन्ता गर्ने लगभग ९९% कुराहरु जीवनमा कहिले पनि घट्दैनन| के तपाईलाई
थाह छ, सातवोटा चोकलाई एकसय फिट गहिरो गर्ने गरि ढाक्ने तुवाँलो एक गिलासभन्दा कम
पानीबाट बनेको हुन्छ? हो मात्र एक गिलास
पानी. यसले सम्पूर्ण दृश्यलाई छेकी दिन्छ. परमेश्वरको बचनले भन्दछ मानिसको जीवन उसको आफ्नै होइन. मानिसले आफ्नो
जीवन को आफैले निर्देशन दिनु हुदैन – यर्मिया १०:२३).
-त्यसैले आउने सबै
सम्भाव्य परिणामलाई तपाई आफै नियन्त्रण गर्न नखोज्नुहोस, तर जागा रहनुहोस
प्रार्थना गर्नुहोस, साबै चिन्ता फिक्री उहाँलाई सुम्पिदिनुहोस् परमेश्वरको बचनमा
रहेर त्यसको बिरोध गर्नुहोस, परमेश्वरले तपाइँको वास्था गर्नु हुन्छ भन्ने बिश्वास
गर्नुहोस र फेरी तपाइँको जीवन नयाँ शक्तिशाली र विजयको जीवन हुन्छ भन्ने पूर्ण
बिश्वासको साथ आनन्द र शान्तीको जीवन जिउनु होस्. किनकी उहाँले यहि प्रतिज्ञा
गर्नु भएको छ. (१० पद)
फिलिपि ४:४- ७
प्रभुमा
सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।तिमीहरूको
सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।कुनै
कुरामा चिन्तित नहोओ, तर
हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा
जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले
तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ
(१ पत्रुस ५: ७-१०
7तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
8सचेत रहो, जागा रहो, तिमीहरूको
शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ। 9 विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि
संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ।
10सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति
तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई
फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली
पार्नुहुनेछ।