! ! expr:class='"loading" + data:blog.mobileClass'>

Friday, May 1, 2020

उपबास प्रार्थनाले विजय लिएर आउछ

“उपबास प्रार्थनाले विजय लिएर आउछ”


आउँनुहोस एउटा कथा हेरौ ,  यो कथा निकै लामो छ तर म यसलाई छोट्टाएर भन्ने छु.
आज भन्दा धेरै सय बर्ष अगाडी (28 सय ) एउटा यदुदा भन्ने राज्य थियो, त्यसमा एकजना राजा थिए जसको नाम यहोशापात थियो. उनको बाबुको नाम आसा थियो. उनि राजा हुदा ३५ बर्षका थिए, उनले त्यो देशमा २५ बर्ष राज्य गरे. (१ राजाहरु २२:४१-५०). तिनले परमप्रभुको नाममा जे असल थियो त्यही गरे,
तिनले डाँडाका थानहरु र अश्वरा देविका मुर्तिहरु हटाइदिए. उनले यह्दाका सबै शहरहरुमा परमेश्वरको शिक्षा दिन शिक्षकहरु नियुक्त गरे.
उनि  परमप्रभुको मार्गमा हिड्दा गर्ब गर्थे. उनको  वरिपरि भएका देशहरूमाथि परमप्रभुको भय फैलिएको थियो , र उनीहरू कसैले पनि यहोशापातको विरुद्धमा युद्ध गने आट गरेका थिएनन्. तर सबैले उनीकहाँ उपहारहरु लिएर आउथे.
यहोशापात झन्‌-झन्  शक्तिशाली हुदै भए।  यहूदाका सहरहरूमा तिनले प्रशस्‍त खानेकुरा सञ्‍चय गरे यरूशलेममा तिनले आफ्ना निपूर्ण  योद्धाहरू राखेका थिए। (२इतिहस १७).यहोशापात साह्रै धनी र प्रसिद्ध भए,
तर उनले एकचोटी परमेश्वरको बिरुद्द मा गल्ति गरे
उनले आहाब राजा सित वैवाहिक सम्‍बन्‍ध जोड़े। आहाब त्यस समयका इस्राएलका दुष्ट राजा थिए जसले परमेश्वरको बिरुद्ध पाप गरेका थिए (..). यहोशापातले उनि संग सम्बन्धमात्र गासेनन तर उनले रामोत-गिलाद राज्यसँग संग युद्द गर्नको लागि आहबलाई साथ दिए (२ ई १८).
परमप्रभु यहोशापात संग सिराउनु भयो, तैले गरेको गल्तिको परिणाम तल्ले भोक्ने छस भन्नु भयो. किनभने यहोशापातले दुष्‍टलाई सहायता गरे र परमप्रभुका शत्रुहरूसँग मित्रता  गासेका थिए.  
तर यहोसापातले आफुलाई सुधारे, धरै मानिसहरुलाई परमप्रभुतिर फर्काएर लिएर आए. यहुदाको हरेक शहरमा तिनले परमेश्वरको भय मान्ने न्यायकर्ता नियुक्त गरे, परमेश्वरको ब्यबस्था अनुसार देशमा कर्मचारीहरु नियुक्त गरे र सबैलाई होसियार साथ परमेश्वरको भयमा काम गर्ने उत्साह र आदेस दिए.

 यसको केही समयपछि यहोसापातले एउटा नराम्रो र डरलाग्दो समाचार सुने, त्यो थियो, ३ ओटा राज्यबाट तिनको शत्रुहरु एकठाउमा भेला भएका छन् र   “असख्य सैनिक भएका, आधुनिक हातहतियारले सुसत्जित भएका, र निकै बलवान तिम्रो शत्रु तिम्रो बिरुद्धमा लडाई गर्न आइरहेका छन् र तिनीहरु नजिकै आइपुगेका छन्  (र तिनीहरु चाँही , मोआबी, अम्‍मोनी र सेरई पर्वतका/राज्यका  सेनानीहरू थिए.)
यस्‍तो विपद्‌को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्‍न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्‍नलाई घोषणा गरे। मानिसहरू परमेश्‍वरको सल्‍लाह माग्‍नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उपरमेश्‍वरसित सल्‍लाह माग्‍न आए।
सबै मानिसहरुको बिचमा, परमप्रभुको मन्‍दिरको चोकको अगि खड़ा भएर यहोशापातले परमप्रभु परमेश्वरलाई यसो भनेर पुकार गरे:
 हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं नै स्‍वर्गमा विराजमान हुनुहुने परमेश्‍वर हुनुहुन्‍न? तपाईं जाति-जातिका सबै राज्‍यहरूमा शासन गर्नुहुन्‍छ। तपाईंकै हातमा शक्ति र बल छन्‌। तपाईंको सामना गर्ने कोही छैन। 7हे हाम्रा परमेश्‍वर, के तपाईंले नै.. आफ्‍नो मित्र अब्राहामका सन्‍तानलाई... सदासर्वदाको निम्‍ति यो  देश दिनुभएको होइन र ?  ति दिनमा हाम्रा पुर्खाहरुले,  तपाईंका नाउँको निम्‍ति यसो भनेर एउटा वासस्‍थान /मन्दिर बनाएका थिए .
यदि विपत्ति हामीमाथि आइलाग्‍यो भने, अर्थात्‌ न्‍यायको तरवार वा रूढ़ी वा अनिकाल पर्‍यो भने, हामी यस मन्‍दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्‍ने खड़ा हुनेछौं। अनि हामी आफ्‍नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्‍ती सुनेर हामीलाई बचाउनुहुनेछ’।
आज हामीलाई, तपाईंले अधिकार गर्न दिनुभएको देश    देखि उनीहरू,  हामीलाई धपाउन आइरहेछन्‌। हे हाम्रा परमेश्‍वर, उनीहरूको न्‍याय गर्नुहोस. किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्‍य-दलको सामना गर्न ... हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हामी आफ्‍ना आँखा तपाईंतिर उठाउँछौं।”

त्यसपछि  सबै जना परमप्रभुको सामुन्‍ने खड़ा भए. अनि त्यहाँ अचम्म भयो, उनीहरुको प्रार्थनाले परमेश्वरबाट तत्काल अलौकित उत्तर पाए, त्यहाँ उपस्थित एकजान लेबी यहासेल माथि परमेश्वरको आत्मा आउनु भयो र उनले शक्तिशाली अगमबाणी भने :
 नडराओ, यस ठूलो सैन्‍यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन। यो लड़ाइँ तिमीहरूले लड्‌नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको गर्नुहुनेछ र त्यो तिमीहरू देख्‍नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्‍किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।
जब यो अगमबाणी उनुहरुले सुने, यहोशापात, यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरू परमप्रभुको सामुन्‍ने दण्‍डवत्‌ गर्न घोप्‍टो परे। तब लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।

यहोशापात भोलिपल्ट बिहान सबेरै उठेर परमप्रभुको स्‍तुतिगान गाउदै सेनाहरुको साथमा लडाई गर्ने ठाउँतिर लागे. र उनीहरुको प्रसंशाको आवाज अति चर्को संग गुन्जीरहेको थियो कि, त्यो परमेश्वरले सुन्नु भयो,
परमप्रभुले यहूदासँग युद्ध गर्न आएका सबै अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्‍याइदिनुभयो, तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्‍धाधुन्‍ध आक्रमण गर्न लागे। र उनीहरू परास्‍त भए।
जब यहूदाका मानिसहरू उजाड़-स्‍थानको अल्‍गो ठाउँमा आइपुगे र उनीहरुका शत्रुलाई  हेरे, तब त्‍यहाँ तिनीहरूका सबै शत्रुहरु भूइँमा मारिएर लडिरहेको देखे, अनि उनीहरूमध्‍ये त्यहाँ एक जना पनि उम्‍केको थिएन।
परमेश्वरले  भन्नु भए झैँ,  उनीहरुले युद्ध लड्नु परेन. परमेश्वरले जहाँ भन्नु भएको थियो त्यहाँ नै  सबै अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरू मारिएको भेट्टाए, (किनभने परमप्रभु यहोशापात  र उनका मानिसहरुको पक्षमा हुनुहुन्थ्यो र परमेश्वर आफैले युद्ध लड्नु भएको थियो).
त्यसपछि यहोशापात र सबै उनका मानिसहरु खुसि हुदै त्यहाँ भएका बहुमुल्य समानहरु बटुल्न थाले, त्यो सबै बतुल्लको लागि  उनीहरुलाई पुरा ३ दिन लाग्यो, त्यसपछि राजा यहोशापात  र सबै मानिसहरु बिणा, सितार र तुरही बजाएर चर्को स्वरमा परमेश्वरको प्रशंसा गर्दै यरुशलेम फर्के. र उनीहरुका देशमा शान्ती छायो.    
आज तपाइले सुन्नु भयको लामो सत्य घटनाको यो  छोटो कथाको अंश सिधिएको छ,   यो घटना पवित्र बाइबलको १ राजा २२ र २ इतिहास १७-२० अध्यायबाट लिएको हो).

हामीले यो कथा बाट राजा यहोशापातले  युद्द जित्नको लागि प्रयोग गरिएको ४ ओटा आत्मिक हतियारको बारेमा जान्न सक्छौ.
ति हुन्: १. परमेश्वरको अगुवाईको/सहायताको लागि उपबासको घोषणा गरे २. सहमतिमा एकैसाथ प्रार्थना गरे ३. पवित्र आत्माका अलौकित बरदानहरुलाई  स्थान थिए ४, पमेश्वरको सार्बजनिक उपासना र प्रशंसा गरे .

आदरणीय प्रभुका जनहरु,
. भख्खरै हामीले सुनेको कथा र अहिले बिश्वमा घटिरहेको घटनाको स्वरुप एकै नभए पनि,  २ ओटा कुरा चाँही त्यही  छ त्यो हो, बिपत्ति र परमेश्वर – (राजा यहोसापातको समयमा मानिसहरु माथि आएको बिपत्ति र अहिले आइरहेको बिपत्ति उस्तै छ र राजा यहोसापातलाई विजय दिनुहुने परमेश्वर र आज हामीले प्रभु येशु ख्रीष्टको नाउमा आराधना गर्ने परमेश्वर पनि त्यही हुनुहुन्छ – उहाँ जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो हुन आउनुहुनेछ”.)

आदरणीय मण्डली परिवार ,
“आज बिश्व मानव जातिमा ठुलो विपत्ति आइपरेको छ. नदेखिने शत्रु कोराना भाइरस जसलाई नोभेल कोभिड -१९ भनेर चिनिन्छ , ५ महिना अगि देखि नै हाम्रा मानिसहरुलाई आक्रमण गरिसकेको छ.  जसबाट २ लाख भन्दा बढि मानिस मारिएका छन् भने ३० लाख भन्दा बढि मानिसलाइ यसले प्रहार गरेर घाइते बनाएको छ.
-    हाम्रा बुद्धि बल, क्षमता, संसारिक खोजहरु  र संसारका संरचनाहरु ,  सबै थोकहरू,  यसको अगाडी कम परेको छन्.  अब हामी संग एउतै मात्र उपाय बाँकि छ त्यो हो परमप्रभु परमेश्वरको अगुवाई खोज्ने, उपबास र प्रार्थना गर्ने, उहाँको चरणमा जाने (जसरी राजा यहोसपातले खोजे – जब उनीसंग भएका सैन्य ताकत र क्षमता भन्दा उनका शत्रु शक्तिशाली देखे, उनले त्यो भन्दा पनि शक्तिशाली “सर्बशक्तिमान परमेश्वर” तिर आफ्नो आखाँ उठाए. उपबास प्रार्थना र सहमतिमा एकैसाथ प्रार्थनाको गरे.)  मण्डली परिवार... आज हाम्रोलागि उपबास  प्रार्थना सहित पमेश्वरको चरणमा जानु र उहाँको अगुवाई खोज्नु नै सबैभन्दा असल बिकल्प हो.  
यहि कुरालाई  गहिरो महसुस गरेर नवजीवन मण्डलीले गत हप्ता नै उपबासको घोषणा गरेको छ, आउनुहोस हामी सबै जना एक साथ उपबास बसौ.
-    साथसाथै नवजीवन मण्डलीले ७ ओटा प्रार्थना को  बिषय हरेक सगतिमा पठाएको छ, आउनुहोस हामीहरु सबैजना, एकसाथ आ-आफ्नो ठाउँ बाट एउतै हृदय र आत्माको भएर प्रार्थना गर्यौ , (यो समयमा, हामीहरु  शरीरमा एकै ठाउँमा जम्मा हुन् सक्ने स्थिति नभए पनि, हामीहरु सगं  INTERNET को माध्यम बाट, बिभिन्न मिटिंग एपहरु द्वारा जोडिएर प्रार्थना गर्ने सक्ने सुबिधाहरु छ, हामी त्यसको प्रयोग गरौ. यदि त्यो पनि सम्भब छैन भने,  हामी आ-आफ्नो परिवार मिलेर घोडा टेकौ, परमेश्वरको अगुवाई खोजौ, उहाँको शक्तिको बर्णन गरौ, बिगतमा उहाँले गर्नु भएको शक्तिशाली कार्यहरुको सम्झना गरौ, परमप्रभु परमेश्वरले गर्नुभएका  प्रतिज्ञाहरुलाई  दावी गरौ (७००० भन्दा बढि छन्) र हाम्रो दुर्बलता र कमिकमजोरीहरुलाई स्वीकार गरौ. (जसरी राजा यहोसापत र उनका मानिसहरुले ले स्वीकार गरे).

अन्तमा;
आदरणीय मण्डली परिवार, हामी पनि “प्रभु येशु ख्रीष्टको नाउमा त्यहि परमेश्वरको आराधना गर्दछौ, जुन परमेश्वरलाई राजा यहोसापात र उनका मानिसहरुले आराधना गरे .  उहाँ  एक मात्र “सर्ब-सक्तिमान परमेश्वर हुनुहुन्छ  – जो हुनुहुन्थ्यो, हुनुहुन्छहुन-आउनुहेनेछ” उहाँ  हिजो, आज अनि सदा सर्बदा एक समानको परमेश्वर हुनुनुहुन्छ”.
मलाई बिश्वास छ यदि हामी एउतै हृदय र सहमतिमा उपबास सहित एकसाथ प्रार्थना गर्यौ भने, उहाँको अगुवाई खोजौ भने , उहाँले हामीलाई उत्तर दिनुहुनेछ. उहाँले हामीलाई मार्ग दर्शन गर्नुहुनेछ,
उहाँका जनहरु , परमेश्वरको आत्माले भरिने छन् र शक्तिशाली अगमबाणी बोल्नेछन्, मानिसहरुले मार्ग दर्शन पाउने छन्.
पमेश्वरले आफ्ना मानिसहरुको खातिर र उहाँको सृष्टिको खातिर, गहिरा र गुप्तकुराहरुको रहस्य खोलिदिनु हुनेछ. ज्ञान र बुध्दि दिनुहुनेछ. मानिसहरुले गर्नु पर्ने काम बुदा-बुदामा बताइदिनु हेनछ. (जसरी परमेश्वरले राजा यहोसापात र उनका मानिसहरुलाई, त्यो बिपत्ति बाट विजय पाउनको लागि तिनीहरुले गर्नु पर्ने कुराहरु  बुदा-बुदा बताइदिनु भयो.)|
मण्डली परिवार,  यदि हामी आज्ञाकारी भयौ भने हाम्रो विजय निश्चित छ, किन भने परमप्रभु ले ..नै लडाई लड्नु हुनेछ र उहाँ हाम्रो पक्षमा हुनुहुन्छ. तपाइको पक्षमा हुनुहुन्छ, मेरो पक्षम हुनुहुन्छ -  आमेन !




प्रार्थना र उपवासको बारेमा नवजीवन मण्डलीलाई परमेश्वरको बचन बाट बाडिएको बचन 
Date May 1st 2020

1 comment: