के तपाइँ आफ्नो
जीवनमा जागृति आएको चाहनु हुन्छ ?
के तपाई आफ्नो जीवन परिवर्तन भएको चाहनुहुन्छ ?
के तपाइँ संग भएको अनगिन्ती प्रार्थनाको उत्तर खोजिरहनु भएको छ?
-
यदि तपाई त्यो
व्यक्ति हो भने, यो बचन तपाइको निम्ती हो । यदि तपाई त्यो
व्यक्ति हो भने, तपाइले एउटा साधारण कुरो गर्नु पर्ने हुन्छ, त्यो के हो भने “संसारका मानिसहरु भन्दा फरक व्यक्ति हुने प्रयास गर्ने".
बचनको
शिर्षक छ,
“संसारका भन्दा फरक हुने साहस गर्नुहोस” Holiness: Dare to be Different-“संसारका भन्दा फरक हुने साहस गर्नुहोस”
-किन साहस, आँट अथवा हिक्मत,
चाहियो? के यो निकै गार्हो छ र? के हो सिंहको खोरमा गएर सिंहको जुँगा ओखाल्ने जत्तिकै गार्हो छ र .. इत्यासी प्रश्न हुनसक्छ ? तर म भन्छु, हो त्यो भन्दा पनि गार्हो छ अथवा नदीको पानी उल्टो दिशामा निरन्तर बगिरहनु जति गर्यो छ, त्यति नै गार्हो संसारको भन्दा फरक जीवन
जिउन गार्हो छ।
कसरी हुने संसारका भन्दा फरक? –
-
पवित्रतामा
– एकै शब्दमा उत्तर छ अथवा (शुद्ध भएर, पवित्र जीवन जीएर, प्रभु येशु ख्रीष्टको
अनुकरण गरेर हामी संसारका भन्दा फरक हुन् सक्छौ, किनभने यो संसार अशुद्ध छ,
पापै-पापले भरिएको छ, धेरैले प्रभु येशुलाई चिनेका छैनन् र चिनेकाहरुले पनि उहाँको अनुकरण
गर्दैनन्.
त्यसैले हामी प्रभु
येशु ख्रीष्टको नाउँलाई ग्रहण गरेकाहरुले र चिनेकाहरुले हामी “पवित्रतामा” संसार
भन्दा फरक हुन्सक्छौ. किनभने पवित्रता परमेश्वरको मन्दिर हो भने दुष्टता/अपबित्रता
चाँही दियाबलासको घर हो.
ह्रिब्रु 12:14 सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न
गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्न
सक्दैन।
आज को पवित्र छ? के तपाइँ पवित्र हुनु हुन्छ? के म पवित्र छु ?
यो कुरा हामी आफैले आफैलाई सोध्ने प्रश्न हो. तर आज म तपाइहरुलाई पवित्रतामा जीवन
जीवनको लागि ३ ओटा महत्वोपूर्ण कुराहरुको बारेमा भन्ने छु जुन एकदम आवाश्यक छ:-
1. हामी शुद्ध हुनुपर्छ - We must be clean
एफिसी ४:२५-२७)यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो
छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू
हौं। 26क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको
रीस मरोस्, 27र दियाबलसलाई मौका नदेओ।
अशुद्ध ब्याप्त छ किनभने विश्वासीहरुलाई परमेश्वरको बचन नै
थाह छैन. पवित्र जीवन भनेको सत्यतामा जिउनु हो . (यहुन्ना १७”१७ सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।). र सत्य चाँही परमेश्वरको बचन हो २ कोरिन्थी ७:१ 1यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र
आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं
२. हाम्रो जीवन पवित्र हुनुपर्छ We must be consecrated
शुद्धतामा आउनु भनेको अशुद्ध थोकबाट चोखिनु अथवा त्यसबाट
आफुलाई शुद्ध पार्नु भन्ने बुझिन्छ भने, पवित्र हुनु भन्नाले चाँही अशुद्ध
थोकहरुबाट अथवा अपवित्र थोकहरुबाट अलग हुनु भन्ने बुझिन्न्छ.
यो चाहिँ हाम्रो जीवन संग सम्बन्धित छ (१ पत्रुस १:१५) तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र
हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा
पवित्र होओ, 16किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।
यसको मतलब तपाई र मेरो जीवनका हरेक कुराहरुबाट परमेश्वर
खुशी हुनुपर्छ.
पवित्रीकरणले जागृति लिएर आउछ (2 Timothy 2:21). 21जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका
कामको लागि एउटा पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ।
3. हाम्रो जीवन येशु ख्रीष्ट जस्तै हुनुपर्छ We must be Christlike
अथवा, येशुलाई अनुकरण
गर्ने हुनुपर्छ. – ब्यबहारमा, बोलिबचनमा, आचरणमा, चरित्रमा. स्वाभाबमा, र
सम्बन्धमा येशु ख्रीष्टको अनुकरण गर्नु हुनुपर्छ.
एउटा गम्भीर प्रश्न? हामी भित्र के देखिन्छ? जब
म एक ऐनाको अगाडी गएर आफुलाई हेर्दा म भित्र के देख्छु? छिमेकि को आखाँले मलाई
हेर्दा म कस्तो देखिन्छु ? मेरो परिवारको नजरबाट मलाई हेर्दा म कस्तो देखिन्छु? ( म श्रीमतीको, श्रीमानको,
छोराको, छोरीको, आमाको, बुवाको, साथीभाईको आँखा बाट म कस्तो देख्छु ?
कहिले यो प्रश्न तपाइले आफुलाई सोध्नु भएको छ ? छैन भने एकछिन समय लिनुहोस् र यी प्रश्न घरि-घरि गर्नुहोस र उत्तर खोज्ने प्रयास गर्नुहोस.
अझ सबभन्दा महत्वपूर्ण कुरा त म परमेश्वरको आखाँमा कस्तो
देखिन्छु ? -भनेर सोध्नुहोस, हामीलाई थाह छ उहाँको आँखामा कुनै कुरा लुक्दैन. (त्यसैले हामीले येशु प्रभुको अनुकरण अथवा नक्कल
गर्नु पर्दछ).
खुशीको कुरा - हामीहरु मध्य कोहि कोहिले येशु ख्रीष्टको नक्कल
गरेका छौ :
यो हाम्रो नित्मी गर्बको कुरा हो, यस्ता व्यक्ति हरुलाई जब हामी देख्छौ, यसले हाम्रो
विश्वासलाई बढाउछ, दुख कष्टमा धैर्य धारणा गर्न सिकाउछ, शत्रुलाई क्षमा दिन र अझ
धेरै प्रेम गर्न सिकाउछ. जीवनका हेरक परिस्थितिमा धन्य्बादी भएर पार्थना गर्न
सिकाउछ.
म त भन्छु हामी कोहि-कोहि मात्र होइन, हामी सबै प्रभु येशु
ख्रीष्टको नक्कल गर्ने, उहाँको अनुकरण गर्ने र उहाँको स्वरुपमा वृद्धि हुदै जाने
व्यक्तिहरु बनौ. किनकी प्रभु येशु ख्रीष्ट यसैको निम्ती आउनुभयो.
Conclusion: अन्तमा निष्कर्ष यहि हो
पवित्रता द्वारा जागृति आउदछ -Revival comes through
holiness. (पवित्रताले परमेश्वरलाई देखाउद र परमेश्वरको उपस्थितिले जीवनमा
जागृति लिएर आउछ , जागृतिले जीवन परिवर्तन गराउदछ र परिवर्तनले हरेक प्रश्नको
उत्तर लिएर आउदछ. (त्यसैले ...
1. हामी शुद्ध हुनुपर्छ We must be Clean.
2. हाम्रो जीवन पवित्र हुनुपर्छ We must be Consecrated.
3. हाम्रो जीवन ख्रीष्टलाई नक्कल गर्ने हुनुपर्छ We must be Christlike.
1. हामी शुद्ध हुनुपर्छ We must be Clean.
2. हाम्रो जीवन पवित्र हुनुपर्छ We must be Consecrated.
3. हाम्रो जीवन ख्रीष्टलाई नक्कल गर्ने हुनुपर्छ We must be Christlike.
यदि यी कुराहरु हाम्रो जीवनमा भए भने हामी संसारको
भन्दा भिन्दै हुनेछौ (अथवा परमेश्वरको हुनेछौ) – त्यसैले भिन्दै हुने साहस
गर्नुहोस - We
must dare to be different!
बचनको भिडियो तल हेर्न सक्नुहुनेछ:
बचनको भिडियो तल हेर्न सक्नुहुनेछ:
बचन - प्रार्थना झुण्ड -नारायण खड्का
आमेन!
ReplyDeleteAdobe Devanagari-16